१३१औं अन्तरराष्ट्रिय श्रमिक दिवसमा नेक्रामसंघको शुभकामना !

न्यूज अपडेट भक्तपुर, १९ बैशाख अ – अ अ + १३१औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ केन्द्रीय समितिले शुभकामना वक्तव्य जारी गरेको छ । नेक्रामसंघका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले हस्ताक्षर गरेकाे उवत क्तव्यमा भनिएकाे छ, बिश्वब्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले श्रमजीबी बर्गको जनजीवन लाई अझ कष्टकर बनाएको छ। बिभिन्न क्षेत्रमा दैनिक […]

Continue Reading

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख कोभिड–१९ को कारण १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र […]

Continue Reading

जापानमा आपतकाल थप बढाउने तयारी

न्यूज अपडेट टाेकियाे, १९ बैशाख जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे […]

Continue Reading

अन्तरराष्ट्रिय श्रमिक दिवसमा राष्ट्रपतिको शुभकामना सन्देश

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा […]

Continue Reading

कोरोना फ्री गण्डकीमा उद्योग र निर्माण व्यवसाय खुला गरिने 

न्यूज अपडेट पाेखरा, १९ बैशाख कोरोना महामारीका कारण देश लकडाउनमा छ । निर्माण र पूर्वाधारका सबै काम ठप्प छन् । खाद्यान्‍नका सामग्रीको आपूर्ति र उपभोग्य सामाग्रीको लागि समयतालिका मिलाएर पसलहरु खोलिए पनि विकास निर्माणका काम भने अझै ठप्प छन् । कोरोनाकै कारण चालु आर्थिक वर्षको विकास बजेट खर्च हुन सकेको छैन । नयाँ आर्थिक वर्षको […]

Continue Reading

गाईबाख्रा चराउन गएका थिए, खेलौना ठानेको बमले लियो ज्यान

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख तस्वीर: धिरेन्द्र डाँगीको फेसबुकबाट रोल्पामा जंगलमा छोडिएको बेवारिसे बम विष्फोट हुँदा गाईबाख्रा चराउन गएका चार बालबालिकाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर […]

Continue Reading

‘बामदेव कार्ड’ को हदम्याद- वैशाख २० सम्म !, शनिबार सचिवालयमा प्रधानमन्त्रीले प्रस्ताव ल्याउने दाबी

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् । के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त […]

Continue Reading

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, […]

Continue Reading

द ग्लोबल सर्जिकल हाउसलाई २ लाख जरिवाना

न्यूज अपडेट धनगढी, १९ बैशाख धनगढी उपमहानगरपालिका- १ स्थित द ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना गरिएको छ। वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालय कैलालीको संयूक्त अनुगमन टोलीले अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढीमा स्वास्थ्य सामग्री बिक्री वितरण गरेको पाएको थियो। सो सर्जिकल हाउसले मास्क र पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिई) महँगो शुल्कमा […]

Continue Reading

फेरि उठ्यो स्वास्थ्य सेवा विभाग खारेज गरी रोग नियन्त्रण केन्द्र स्थापना गर्ने बहस

न्यूज अपडेट काठमाडाैं, १९ बैशाख विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीसँगै नेपालमा पुनः राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने बहस सुरु भएको छ। पटकपटक केन्द्र स्थापनाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै बहस छेड्ने र सबैले आवश्यक छ भनेपछि पुनः मन्त्रालयकै केही कर्मचारी त्यसलाई रोक्ने काम गर्दै आएको अवस्था छ। विगतमा केन्द्रको संगठन तथा दरबन्दी संरचना […]

Continue Reading