वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

न्यूज अपडेट काठमाडाैं, १८ बैशाख संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको […]

Continue Reading

केपी ओलीको प्रस्ताव : बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

न्यूज अपडेट काठमाडाैं, १८ बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । […]

Continue Reading

बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक, सचिवालय बैठक शुरू

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाइएको पत्रकारहरुले बताएका छन् । उनीहरु पानीमा रुझ्दै प्रधानमन्त्री निवासको […]

Continue Reading

कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो निर्देशिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट घरमा उपलब्ध जडिबुटीको प्रयोगबाट कसरी इम्युनिटी पावर बढाउन सकिन्छ भन्ने विषय उल्लेख भएको बताए। उनले भने,‘क्वारेन्टटाइमा रहेको र लकडाउनका कारण घरमा बसेका व्यक्तिहरुले निराशापन, […]

Continue Reading

कोरोना अपडेट : ९ लाख ३७ हजार संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख संसारभर ९ लाख ३७ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपाली समय अनुसार बुधबार बेलुकी ६ः३० बजेसम्म निको भएर घर फर्किनेको संख्या ९ लाख ३७ हजार ५ सय ७१ पुगेको छ। स्पनेमा १ लाख २३ हजार ९ सय ३, जर्मनीमा १ लाख २० हजार ४ […]

Continue Reading

२४ घण्टामा २३६७ जनाको कोरोना परीक्षण, संक्रमितको संख्या ५७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]

Continue Reading

कोरोना विरुद्धको ७ वटा खोप क्लिनिकल र ८२ खोप प्रि-क्लिनीकल ट्रायलमा: डब्लुएचओ

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख खोपको विकास र उत्पादनका लागि दक्षिण पूर्वी एसियासँग डब्लुएचओको छलफल विश्वलाई आतंकित बनाएको कोरोना विरुद्धको खोप अहिलेसम्म विकास हुन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनालाई जित्न खोपको आवश्यक छ। खोपको विकास र उत्पादनका विषयमा डब्लुएचओले दक्षिण पूर्वी एसियाका खोप निर्माणकर्ता र राष्ट्रिय नियामकका अधिकारीसँग छलफल गरेको छ। डब्लुएचओ […]

Continue Reading

बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउने राज्यमन्त्री मानन्धरको घोषणा, १६५ निर्वाचन क्षेत्रमा कम्तिमा एक नयाँ कार्यक्रम

न्यूज अपडेट काठमाडौं, १६ बैशाख सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताए । मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा- छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन् । […]

Continue Reading

कोरोनाबाट उद्योग, वाणिज्य क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न चेम्बरको सुझाव, यस्ता छन् सुझावमा समेटिएका २९ बुँदा

न्यूज अपडेट काठमाडौं, १६ बैशाख उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा कोरोना भाइरस (कोभिड(१९) बाट परेको प्रभाव न्यूनीकरणका लागि नेपाल चेम्बर अफ कमर्सले सरकारलाई २९ बुँदे सुझाव प्रस्तुत गरेको छ। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमक्ष मंगलबार उक्त सुझाव प्रस्तुत गरेका हुन् । चेम्बरको सुझाव लिँदै मन्त्री भट्टले अहिलेको विषम परिस्थितिमा निजी […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या ३० लाख ५७ हजार, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, १६ बैशाख विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ५७ हजार नाघेको छ।  नेपाली समय अनुसार  मंगलबार बेलुकी ६ बजेसम्ममा विश्वमा ३० लाख ५७ हजार ९ सय ५७ जना मानिस संक्रमित भएको तथ्यांक छ। अमेरिकामा ९ लाख ८८ हजार ४ सय ६९, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा १ […]

Continue Reading