नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

न्यूज अपडेट काठमाडौं, १० जेठ नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न जिल्लामा गरी थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यो सहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ। आज बिहान पनि ३२ जना नयाँ संक्रमित थपिएका थिए। बिहानको ३२ र दिउसो […]

Continue Reading

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको मालपेात आसपासमा सिल

न्यूज अपडेट भक्तपुर, १० जेठ प्रत्येक घरमा परीक्षण गर्ने तयारी भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा […]

Continue Reading

बेलहिया नाकाबाट भित्रिए १२ सय नेपाली

न्यूज अपडेट  बुटवल, १० जेठ तस्वीर सौजन्य : राम बस्नेत/बेलहिया रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया […]

Continue Reading

मनमोहन कार्डियोथोरासिकका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर गर्ने तयारी

न्यूज अपडेट काठमाडौं, १० जेठ करिब ४० जनालाई क्वारेन्टाइनमा राख्ने तयारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पिसिआर परीक्षण हुने भएको छ। मनमोहन अस्पतालको सिसियुमा भर्ना भएकी ती महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पिसिआर परीक्षण हुने भएको हो। कति जनाको र […]

Continue Reading