काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन्।

उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६  र भक्तपुरमा  १ हजार २ सय ६८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। २४ घण्टा ८७१ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४३ हजार ८ सय २० जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *