२ सय ९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ सय ९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियु र  ३६ जना भेन्टिलेटर, प्रदेश ५ मा २० जना आइसियु, प्रदेश १ मा  ७ जना आइसियु र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ६  र कर्णाली प्रदेशमा १० आइसियुमा उपचाररत रहेका छन् ।

बिहीबार २ सय २१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *