शनिबार जिल्लागत रूपमा नेपालभर संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाम, उदयपुर, ओखलढुंगा र झापामा १÷१, मोरङमा ५८, र सुनसरीमा १४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा १, पर्सामा १०, बारामा १५, महोत्तरीमा ८, रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ७७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २, चितवनमा ९२, दोलखामा १, नुवाकोटमा १, भक्तपुरमा १७, मकवानपुरमा १ सय ७, रामेछापमा ७, ललितपुरमा ३७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ६, तनहुँमा १, नवलपरासी पूर्वमा ५१, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका ३, कपिलवस्तुका २२, दाङका २४, नवलपरासीका ३, पाल्पाका ९, प्युठानका १, बर्दियाका १८, बाँकेका ३२, रुकुम पूर्वका २, रुपन्देहीका ८१ र रोल्पाका ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४ र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा ४, डडेल्धुरामा २ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार २ सय ६० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *