चौधरी ग्रुपको बर्दियास्थित उद्योगका ४२ जना कर्मचारीमा कोरोना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

बुटवल, २१ भदाै

चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उक्त उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको हो ।

कर्मचारीमा कोारेना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । चौधरी ग्रुपका मालिक एवम् सांसद विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएकामा उनी भने निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *