वागीश्वरी मा.वि.मा दशै शुभकामना कार्यक्रम

कला/साहित्य शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ असोज


विजया दशमी २०७९ को उपलक्ष्यमा वागीश्वरी माध्यमिक विद्यालयमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका कार्यपालिका सदस्य एवं वडा नं. ९ महिला सदस्य छोरी मैया सुजखुले विद्यार्थीहरुलाई पाठ्यक्रमको साथै देश, जनता र समाजको हित हुने अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्ने कुरामा जोड दिए ।


कार्यक्रमका विशेष अतिथि नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दशैं विदालाई शुभ काम, असल तथा उदाहरणीय काम गरेर सदुपयोग गर्नुपर्ने कुरा बताए ।

शिक्षक विद्यार्थीहरुबाट आकर्षक गीत, नृत्य र सांस्कृतिक विधाहरु प्रस्तुत भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्य, उकेश सुवाल, शिक्षक विश्वेश्वर मानन्धर, मैया केशरी कोजु, कृष्णनीर छुकां, गीता खनाल, मंगलेश्वर ध्वजु, राम लक्ष्मी अवाल, नविन्द्रलाल कर्माचार्य र विद्यार्थीहरु निश्चल छुकां, सौरभी कोजु र रिजा कुतुवले मन्तव्य व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *