आज वि.सं. २०७७ भाद्र ०४ गते बिहीबारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ४ भदाै

वि.सं.२०७७ भाद्र – ४,बिहीवार,ई.सं.२०२० अगष्ट- २०,शक संवत्-१९४२,नेपाल संवत्-११४०, ञलाथ्व, प्रमादी, दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष-तिथि-प्रतिपदा ०६:२५ बजेदेखि द्वितीया , २८:२३ बजे उप्रान्त चतुर्थी,नक्षत्र-पूर्वफाल्गुनी , २६:४७ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-शिव , २१:०९ बजे उप्रान्त सिद्ध,करण-वव ०६:२५ बजेदेखि वालव , २८:२३ बजे उप्रान्त वणिज,चन्द्रराशि-सिंह, आनन्दादि योग-गद, सूर्योदय -५:३७, सूर्यास्त -१८:३५, दिनमान- ३२ घडी २५ बेला, चन्द्रोदय, गुँलाधर्म समाप्ति, व्रत/पर्व-तीजको दर खाने दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,चोटपटकको सम्भावना छ,झगडा पनि हुनसक्छ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

इष्टमित्रहरूसँग भेटघाट हुनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुनै अप्रत्याशित काम बन्ने योग छ,समय राम्रो छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *