पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ भदाै

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या २७१ पुगेको छ।

गत २४ घन्टाको अवधिमा मृत्यु हुने संक्रमितहरुमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, रसुवा ३१, कास्कीका ३६, नवलपरासीका ३७, प्युठानका ५८, रुपन्हेदीका ८७, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ।

शुक्रबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६  संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *