७ हजार ४ सय ६२ संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धेरै प्रदेश २ मा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शुक्रबार १८ हजार ६ सय ४ जना संक्रिय संक्रमित मध्ये ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ७ सय ५७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ३ सय  १५, प्रदेश १ मा ७ सय ३८, प्रदेश ५ मा ४१९, सुदूरपश्चिम प्रदेशमा १५१, गण्डकी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा ३९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *