नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

पछिल्लो २४ घन्टामा नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ।

१० हजार ३७५ जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ३७१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *