स्व. प्रजापतिको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ बैशाख


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाका संस्थापक एवम् सल्लाहकार स्व. रामकृष्ण प्रजापतिको सम्झनामा शुक्रबार संस्थाका समिति, उपसमितिका पदाधिकारी, संस्थापक सदस्यहरु र कर्मचारीहरुबीच श्रद्धाञ्जली सभा गरेको छ ।

स्व.प्रजापतिप्रति एक मिनेट मौनधारण गरी निजको तस्विरमा फूलको गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले स्व. प्रजापति स्वास्थ्यसँगै शैक्षिक, सामाजिक र आर्थिक क्रियाकलापमा निरन्तर योगदान गर्ने व्यक्तित्वका रुपमा रहेको चर्चा गरे । स्व. प्रजापतिको समाज र देशप्रति गरेको योगदानको कदर गर्दै सबैले उनीबाट सिक्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष सत्यनारायण प्रजापति, सल्लाहकार रत्न प्रसाद प्रजापति, सञ्चालक समितिका सचिव जगनाथ प्रजापतिलगायतले स्व. प्रजापतिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *