कोरोना संक्रमित २० वर्षीया नर्सको भेरीमा मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ बैशाख

नेपालमा थप एक कोरोना संक्रमित नर्सको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाका अनुसार २० वर्षीय उनको उपचारका क्रममा मृत्यु भएको हो। उनी तीन महिनाको सुत्केरी थिइन्।

कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि  पनि नेपालमा अनमी र नर्सको कोरोना संक्रमणपछि मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *