राजाको तस्बिर भएको नोट बैंकले लिने, ग्राहकले नपाउने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १२ जेठ

राजाको तस्बिर भएको नोट बैंकले लिने, ग्राहकले नपाउने

आइतबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै च्यातिएको, केरमेट भएको नोट चलनचल्तीमा नल्याउन परिपत्र गर्‍यो । सोही व्यवस्थामा राजाको तस्बिर भएको नोट पनि प्रयोगमा रोक लगायो ।

यस व्यवस्थाले सर्वसाधारणमा आफूसँग भएको नोट चल्ने कि नचल्ने ? भन्ने दुविधा सिर्जना गर्‍यो । राष्ट्र बैंकको परिपत्रमा बैंक तथा वित्तीय संस्थालाई यस्ता नोटलाई पुनः निष्काशनका लागि अयोग्य नोटमा रुपमा वर्गीकरण गरेको छ । यसले जनमानसमा फरक मत सिर्जना गर्‍यो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, “राष्ट्र बैंकले त्यसता नोट चलनचल्तीमा नल्याउने व्यवस्था गरिसकेको हो । अहिलेको निर्देशनले सर्वसाधारणबाट आएको नोट बैंकले लिने तर बैंकले सर्वसाधारणलाई नदिन निर्देशन गरेका हौं ।”

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले भने, “हामीले सर्वसाधारणसँग भएको त्यस्तो नोट बैंकमा ल्याउन आग्रह गरेका हौं । त्यस्तो नोट बैंकमा आएपछि पुनः चलनचल्तीमा नपठाउने हो । सर्वसाधरणमा भएका नोट नचल्ने होइन । मात्र बैंकले लिने र सर्वसाधारणलाई त्यस्तो नोट प्रवाह नगर्ने भनेका हौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *