भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

विशेष समाचार समाचार स्वास्थ्य
एजेन्सी
भारत, २१ बैशाख
भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२,  सोनभद्र  र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ।

चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा  २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।

भारतको पूर्वाञ्चलका विभिन्न जिल्लामा गरी २६ हजारमा एचआइभी पोजेटिभ रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *