काठमाडौं उपत्यकामा एकै दिन ४१५ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा एकै दिन कोरोना संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै बढी हो।

आज देशभर ९२७ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३६ हजार ४ सय ५६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *