रौतहट, १ जेठ
डिप्रोक्स लघुबित बितिय संस्थाले रौतहटको चन्द्रपुरमा बाख्रा पालन तालिम शुरु गरेको छ । आफ्ना ग्राहक सदस्यहरुको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम शुरु गरेको हो । सो संस्थाले गठन गरेको समुहका महिला सदस्यलाई तालिम दिइएको हो । सो कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले समय सापेक्ष अनुसार महिलाहरुलाई जीबन उपयोगी बनाउदै लैजानु पर्नेमा जोड दिईन् । लक्षित बर्गका महिला लाई प्राथमिकतामा राखेर उनीहरु लाई सीपमुलक र आयमुलक तालिम दिई उधमशिलता बनाउन सक्नु पर्ने उनको भनाई छ । सोही कार्यक्रममा चन्द्रपुर नगरपालिका पशु शाखाका दुर्गा प्रसाद चिमोरियाले सडक बनाएर मात्र नहुने भन्दै सिप तथा आयमुलक तालिमको पनि आवश्यकता पर्ने धारणा राखे । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खडक बहादुर बम्जन, डिप्रोक्स लघुबित बितिय संस्थाका २ नम्बर प्रदेशका म्यानेजर मधुसुदन हुमागाईले तालिम बाट सिकाइ लाई ब्यबहारमा उतार्न सहभागी लाई आग्रह गरे । कार्यक्रममा चन्द्रपुर शाखाका प्रवन्धक भरत तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।