कोरोनामा संघीय सरकारको स्रोतबाट असारसम्म ९ अर्ब १६ करोड खर्च

न्यूज अपडेट काठमाडाैं, २६ साउन नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश […]

Continue Reading

एभरेष्ट बैंक प्रधान कार्यालयका दुई जनामा कोरोना संक्रमण, दुई दिनकाे लागि बैंक बन्द

न्यूज अपडेट काठमाडाैं, २६ साउन एभेरेष्ट बैंक प्रधान कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रधान कार्यालय दुई दिनका लागि बन्द गरिएको मार्केटिक प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए। ‘टेकुका स्वास्थ्यकर्मीको सल्लाह अनुसार संक्रमितहरु अहिले होम आइसोलेसन रहेका छन् । आज र भोलि […]

Continue Reading

काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ साउन विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका घर भएका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Continue Reading

कोरोनाको असर : साँगा नाकाबाट उपत्यका प्रवेशमा रोक

न्यूज अपडेट काठमाडाैं, २६ साउन विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए। साँगा र बनेपाबाट […]

Continue Reading

काठमाडौं उपत्यकामा ४४ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या १,१८०

न्यूज अपडेट काठमाडाैं, २६ साउन सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका हुन्। काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्। सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २३ […]

Continue Reading

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार नाघ्यो

न्यूज  अपडेट काठमाडाैं, २६ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ। पछिल्लो […]

Continue Reading

मोरङमा जिल्ला न्यायाधीशलाई कोरोना संक्रमण, जिल्ला अदालत तीन दिन बन्द

न्यूज अपडेट विराटनगर, २६ साउन जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकेा उनले बताए । […]

Continue Reading

वीरगन्जमा कोरोनाका कारण एक महिलाको ज्यान गयो

न्यूज अपडेट काठमाडाैं, २६ साउन विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको रहेकी छिन् । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट […]

Continue Reading

हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता

न्यूज अपडेट काठमाडाैं, २६ साउन हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता भएका छन् । सरकारले कोरोना भाइरसको संत्रमणको दर बढेसँगै उपत्यकाका नाकामा विना पास आएका सवारी साधनमा कडाइ गर्न भन्दै नाकाबातै फिर्ता गरेको हो । त्यस्तै गृहमन्त्रालयक अनुसार यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने […]

Continue Reading

लामोदुरीको यातयात र आन्तरिक हवाई उडान तत्काल नखोल्न सीसीएमसीको सिफारिस

न्यूज अपडेट काठमाडाैं, २६ साउन कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको भन्दै लामोदुरीको यातायात र आन्तरिक हवाई उडान तत्कालका लागि नखोल्का लागि सिफारिस गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै […]

Continue Reading