केन्द्रीय अस्पतालहरुमा १ हजार, प्रादेशिक र स्थानीय तहमा ५ हजार शय्या थप

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि केन्द्रमा एक हजार शय्या थप गरेको छ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले अस्पतालमा बेड संख्या बढाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित कोरोना बिफिङमा प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ शय्या थप गरिएको पनि जानकारी दिए।

उनले अस्पताल नभएका  ६४९  स्थानीय पालिकामा ५ शय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ शय्या थप गरेको बताए। उनले शय्या थपसँगै जनशक्ति पनि थप गरिएको बताए।

त्यसैगरी, सरकारले थप ३ निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको छ।

जसमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *