त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण, प्रहरीमा उजुरी दर्ता

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ८ साउन

त्रिवि शिक्षण अस्पतालका डा सुवास पन्त माथि आक्रमण भएपछि चिकित्सकहरुले प्रहरीमा उजुरी दिएका छन्।ड्युटमै रहेको बेला चिकित्सक माथि आक्रमण भएपछि उनीहरुले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्।

बिहीबार दिउसो आकस्मिक कक्षमा ड्युटीमै रहेका बेला डा पन्त माथि बिरामीका आफन्तले भौतिक आक्रमण गरेका थिए। बिहीबार दिउँसो ३ बजे ९० वर्षीय एक पुरुषलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याइएको थियो। उनको हिप फ्याक्चर भएको थियो। उनको उपचार र परीक्षण गरिएपनि वृद्धका आफन्तले राम्रोसँग उपचार नगरेको भन्दै डा पन्त माथि आक्रमण गरेको डा सुवास देवकोटोले बताए।

उनले भने, ‘यल्लोजोनमा उपचार गराइरहेका अवस्थामा एक युवाले उपचार नै भएन भन्दै हल्लाखल्ला गरे। गार्डलाई बाहिर लैजानु भन्दा ती युवाले डा पन्तलाई एक मुक्का हाने।’

मिलापत्र गर्न आग्रह गरिएपनि आफूहरु कानुनी कारबाहीमा गएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *