विपद् व्यवस्थापन समिति बैठककाे निष्कर्षः राष्ट्रिय परिचयपत्र वितरण स्थगित, कुशेऔशी औपचारिकतामा मात्र

न्यूज अपडेट भक्तपुर, २९ साउन भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगर विपद् व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा समितिको बैठक बुधबार बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोरोना भाइरस समुदायमा संक्रमण हुनबाट रोक्न नगरपालिका, होटल र गृह क्वारेन्टाइनको व्यवस्था गर्दै आएको र सोको व्यवस्थापनको लागि विदेशबाट आएकाहरूलाई नगरपालिकाले ९ जना कर्मचारीहरूको व्यवस्था गरिएको बताए । […]

Continue Reading

पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। महोत्तरी, धुनषा, अछाम र मोरङमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ९५ पुगेको छ। महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। […]

Continue Reading

आज १ सय ९ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म १६ हजार ८ सय ३७ उपचारपछि निको भएका छन्। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य […]

Continue Reading

काठमाडौं उपत्यकामा १२७ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ साउन काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका […]

Continue Reading

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ। […]

Continue Reading

साम्राज्यवादविरोधी सङ्घर्षमा क्युवा र फिडेल क्यास्ट्रो

प्रेम सुवाल भक्तपुर, २९ साउन क्युवाली जनताका नेता फिडेल क्यास्ट्रोको जीवन साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास गाथा हो । उहाँको साम्राज्यवादविरोधी सङ्घर्षका केही महत्वपूर्ण गतिविधिहरू उल्लेख गर्दछु – सोर्‍हौँ शताब्दीको सुरुदेखि क्युवालाई स्पेनले उपनिवेश बनाएको थियो । संरा अमेरिकाले स्पेनको उपनिवेशविरुद्ध लड्न साथ दिने निहुँमा सन् १८९८ मा क्युवालाई नयाँ उपनिवेश बनायो । संरा अमेरिकाले सन् १९०२ […]

Continue Reading

प्रदेश १ मा ११५ संक्रमित थपिए, विराटनगरमै ६० जना

न्यूज अपडेट विराटनगर, २९ साउन प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ । […]

Continue Reading

दुई हजार चार सयले बढ्यो सुनको भाउ

न्यूज अपडेट काठमाडाैं, २९ साउन बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार […]

Continue Reading

वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने

न्यूज अपडेट सुर्खेत, २९ साउन कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय […]

Continue Reading

मकवानपुरमा १० प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि

न्यूज अपडेट मकवानपुर, २९ साउन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा १० जना प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । जस मध्ये उपमहानगरपालिका ९ का ७ जना, हेटौँडा ५ का ४जना, हेटौँडा ४ का ४ जना, हेटौँडा २ का एक जना, […]

Continue Reading