भक्तपुरको नपली र चोखाभानेमा सङ्क्रमित

न्यूज अपडेट भक्तपुर, ४ भदाै बिहीबारको तथ्याङ्कअनुसार भक्तपुर नपा वडा नं १ नपली सल्लाघारीका एक जना २० वर्षकी महिला कोभिड–१९ सङ्क्रमित भएकी छिन् । उनी नपलीमा डेरा गरी बस्दै आएका हुन् । उनी डेरा गरेको घर प्रहरीले बिहीबार बेलुकी सिल गरेको स्थानीय वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताए । सङ्क्रमितलाई हाल खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको छ । […]

Continue Reading

काठमाडौंकी एक महिलासहित थप ६ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ४ भदाै नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २  महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काठमाडौं, मकवानपुर, सप्तरी […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ४ भदाै छिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। नेपालमा हालसम्म १७ हजार ९ सय ६४ जना उपचारपछि निको भएका छन्। भोजपुर मनाङ, मुस्ताङ  र हुम्ला गरी […]

Continue Reading

भक्तपुरमा ८ सहित काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ४ भदाै बिहीबार काठमाडौं उपत्यकामा २०० संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा  ८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभरमा थप ७०७ जनामा कोरोना भाइरसको […]

Continue Reading

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

न्यूज अपडेट काठमाडाैं, ४ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। काठमाडौं […]

Continue Reading

निषेधाज्ञा उल्लङ्घन गर्ने ११७० जना कारबाहीमा

न्यूज अपडेट काठमाडाैं, ४ भदाै प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ । बिहीबारबाट प्रशासनले उपत्यकाका तीन […]

Continue Reading

निषेधाज्ञा शुरु भएपछि नागढुंगामा सयौं ट्रकको जाम

न्यूज अपडेट काठमाडाैं, ४ भदाै काठमाडौंमा उपत्यकामा निषेधाज्ञा शुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् । बुधबार राति १२ बजेपछि निषेधाज्ञा शुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् । […]

Continue Reading

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक

न्यूज अपडेट काठमाडाैं, ४ भदाै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको बैठक बोलाएका छन् । बैठक विहिबार साँझ ५ बजेका लागि आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो। लगत्तै मंगलबार र बुधबार दुई दिन सीसीएमसीको बैठक बसेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री केपी […]

Continue Reading

सुदूरपश्चिम प्रदेशमा तीन जिल्लाका ४७ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, ४ भदाै सुदूरपश्चिमका तीन  अछाम, डोटी र डडेल्धुरा जिल्लाका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये अछामको मेल्लेख गाउँपालिकाका १५ जना, साँफेबगर नगरपालिकाका १५ जना,डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जना रहेका […]

Continue Reading

भक्तपुरका १ सहित थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

न्यूज अपडेट काठमाडाैं, ४ भदाै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट काठमाडौं र बर्दियाका एक–एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक जना […]

Continue Reading