भक्तपुरको बाराहीस्थानमा थप एक जनामा कोरोना

न्यूज अपडेट भक्तपुर, ७ भदौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्कअनुसार भक्तपुर जिल्लामा थप २८ जना संक्रमित फेला परेको छ । संक्रमितमध्ये १४ जना सुर्यबिनायक नपा, १ जना मध्यपुर थिमि र ३ जना भक्तपुर नपाको रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । दस जनाको भने अझै […]

Continue Reading

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ भदाै नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । यसअघि शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ […]

Continue Reading

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कानूनी कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ७ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको हो । साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित […]

Continue Reading

भक्तपुरमा २८ सहित काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिए, संक्रमितको संख्या ३२६२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ भदाै आइतबार काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन्। आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म […]

Continue Reading

नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३१,९३५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ७ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ। काठमाडौं उपत्यकामा […]

Continue Reading

लकडाउनयता विदेशीसहित ५१ हजार जना नेपाल भित्रिए, साउनमा मात्र २३ हजार

न्यूज अपडेट काठमाडाैं, ७ भदाै सरकारले कोभिड-१९को नियन्त्रण र रोकथामका लागि भनेर ११ चैत २०७६ मा लकडाउन शुरु गरेको थियो । त्यसयता साउन मसान्तसम्म कुल ५१ हजार मानिस नेपाल आएका छन् । त्यसमध्ये केही विदेशी भएपनि नेपाल भित्रने अधिकांश नेपाली नागरिक हुन् । अध्यागमन विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ […]

Continue Reading

भक्तपुरमा समुदाय स्तरमै कोरोना फैलियो सजक रहन आग्रह

न्यूज अपडेट भक्तपुर, ७ भदाै भक्तपुरमा कोरोना संक्रमितको संख्या पछिल्लो समय ह्रवातै बढेको छ । भक्तपुरमा आइतबारसम्म जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार २४७ जान संक्रमित रहेको जनाएको छ । जसमा ९५ प्रतिशत भक्तपुरका स्थानीय नभएर भक्तपुरमा बसोबास गर्नेको संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय म.इ अधिकृत उर्मीला आर्चायले जानकारी दिइन् । उनले भक्तपुरमाा कोरोना समुदाय स्तरमै […]

Continue Reading

संघीय सरकारको लापरवाहीकै कारण उपत्यकामा संक्रमित बढे : मदनसु्न्दर

न्यूज अपडेट भक्तपुर, ७ भदाै काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या बढ्नुमा संघीय सरकारको लापरवाही प्रमुख कारण रहेको उपत्यका नगरपालिका फोरमका सचिब एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले आरोप लगाएका छन् । संघीय सरकारलाई उपत्यका प्रबेशका नाकाहरु बारम्बार कडाई गर्न आग्रह गरेता पनि त्यस तर्फ सरकारले ध्यान दिन नसक्दाको परिणाम उपत्यकामा दैनिक २०० भन्दा […]

Continue Reading

सुनको मूल्यमा गिरावट

न्यूज अपडेट काठमाडाैं, ७ भदाै नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा छापावाला सुनको मूल्यमा आज ४ सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ निधारर्ण गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको […]

Continue Reading

आजदेखि गौरा पर्व शुरु, कोरोनाले हरायो रौनक

न्यूज अपडेट काठमाडाैं, ७ भदाै कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न […]

Continue Reading