बाराही स्थानमा थप पाँच जनामा कोभिड–१९ संक्रमण

न्यूज अपडेट भक्तपुर, १३ भदौ भक्तपुर जिल्लामा शनिबार १५ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ३ बाराहीस्थानमा ५ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सो स्थानका ५९ वर्षका पुरुष, ३४ वर्षका पुरुष, ३२ वर्षका पुरुष, ५४ वर्षकी महिला र […]

Continue Reading

सांँढे २ करोडको लगानीमा चितवनमा दुग्ध उद्योग स्थापना

न्यूज अपडेट चितवन, १३ भदौ भरतपुर महानगरपालिका वडा नम्बर १६, स्थित ठूलोगढीमा साढे २ करोड लगानीमा दुग्ध उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । दूध उत्पादनको खपत बढाउन र दूधमा विविधीकरण गर्ने उद्देश्यले ढकाल दुग्ध उद्योगको स्थापना गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक सुमन ढकालका अनुसार परिवारको एकल लगानीमा दुग्ध उद्योग स्थापना गरिएको हो । […]

Continue Reading

पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १३ भदाै नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ। आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया […]

Continue Reading

पछिल्लो २४ घन्टामा ३१३ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १३ भदाै पछिल्लो २४ घन्टामा थप ३ सय १३ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  २० हजार ५ सय ५५ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित […]

Continue Reading

काठमाडौं उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १३ भदाै शनिबार काठमाडौं उपत्यकामा १८६  संक्रमित थपिएका छन्। काठमाडौंमा १५५ , ललितपुरमा १९  र भक्तपुरमा १२  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८८४ […]

Continue Reading

नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

न्यूज  अपडेट काठमाडाैं, १३ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ। शनिबार […]

Continue Reading

भक्तपुरमा नबिकेपछि सडकमा फ्याँकियो दूध

न्यूज अपडेट भक्तपुर, १३ भदाै निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको  डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

Continue Reading

कोरोना महामारीका कारण यन्याँपुन्ही(इन्द्रजात्रा)का सम्पूर्ण जात्रा स्थगित

न्यूज अपडेट भक्तपुर, १३ भदौ प्रत्येक वर्ष गरिआएको उपत्यकाको प्रसिद्ध जात्रा यन्याँपुन्ही जात्रा विश्वव्यापी महामारीको रुपमा आाएको कोरोना भाइरस संक्रमणका कारण स्थगित गरेको छ । भदौ १४ गतेदेखि शुरु हुने भक्तपुरको यन्याँपुन्ही जात्रासँग सम्बन्धित विविध क्रियाकलाप यसपाली नगर्न नगराउनका लागि विभिन्न गुठी, भजन, समुदाय र स्थानीयवासीसँग भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । कठमाडौं उपत्यकामा निषेधाज्ञा […]

Continue Reading

चितवनमा भदौ १९ गतेसम्म निशेधाज्ञा थप, अत्यावश्यक सेवालाई केही खकुलो पारिने

न्यूज अपडेट चितवन, १३ भदौ जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यो पटक थपिएको निशेधाज्ञा केही खुकुलो बनाइने निर्णय भएको छ । चितवनमा कोरोना संक्रमणको जोखिम र त्रास थप […]

Continue Reading

प्रधानाध्यापक सहित ११ जुवाडे पक्राउ

न्यूज अपडेट चितवन, १३ भदौ चितवनमा तास खेलिरहेका प्रधानाध्यापक सहति ११ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभेन स्कुलमा तास खेलिरहेको अवस्थामा विद्यालयका प्रधानाध्यापक सहित ११ जनालाई नगदसहित पक्राउ गरिएको हो । उनीहरुबाट प्रहरीले ४५ हजार ६ सय ४० रुपैंया नगद सहित […]

Continue Reading