कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारले छैन: मन्त्री खतिवडा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ भदाै

सरकारका प्रवक्ता एवम् अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक संजालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए ।

बिहिबार सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले , उहाँलाई सामाजिक संजालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।

उनले भने,औपचारिक प्रस्ताव पनि थिएन । त्यस सम्बन्धि छलफल पनि केही भएको छैन । सामाजिक संजालमा आएका कुरा र केही संचारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *