वि.सं. २०७७ भाद्र ११ गते बिहीबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ११ भदाै

वि.सं. २०७७ भाद्र -११,बिहीबार ,ई.सं. २०२० अगष्ट – २७,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-नवमी , १२:२७ बजे उप्रान्त दशमी,नक्षत्र-ज्येष्ठा , १६:२४ बजे उप्रान्त मूल,योग-विष्कम्भ , २२:०२ बजे उप्रान्त प्रीति,करण-कौलव १२:२७ बजेदेखि तैतिल , २३:३६ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-काल, सूर्योदय-५:४१, सूर्यास्त-१८:२८,दिनमान-३१ घडी ५८ पला,अदु:ख नवमी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ, पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन, आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, यात्रा गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,सहयोगीहरूले काममा साथ दिनेछन्, अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,मेला, उत्सव, भिडभाड बाट बच्नु होला, मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विगतका कमि कमजोरीले गर्दा हेपिनु पर्छ भने बन्न लागेको काम बिग्रिने छ, आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,गोपनीयतामा ख्याल गर्नु होला,गुप्त रोगले सताउने छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्तको विश्वास पर्दा धोका हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,संकल्प गरेको काम सफल हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *