काठमाडौं उपत्यकामा ४३८ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार ६  जना निको भएका छन्। ललितपुरमा १४ हजार ५२१ जना संक्रमित भएका छन्। जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ३५३ ललितपुरमा ७०७ र भक्तपुरमा ३३३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ। २४ घण्टामा १ हजार ९९६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार  ५६९  पुगेको छ।

आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *