वीरगञ्जमा प्रतिनिधि सभासहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ साउन

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वृद्ध महिला सहित रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल अनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी सहित रहेको जनाएको छ ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १÷१ जना रहेको मेडिकल अस्पतालले जनाएको छ ।

साउन ११ गते देखि १६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिए । पछिल्लो समयमा कोरोना भाइरसके इपिसेन्टर विरगञ्जरु इपिसेन्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *