भक्तपुर नगरपालिकाका वडाहरूमा सोमबार सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष मुनिका विधुवा र ख वर्गका अपाड्डता भएका व्यक्तिहरुलाई आर्थिक सहायता वितरण गरेकाे छ ।
आजदेखि शुरु भएको भत्ता वितरण आउने शुक्रबारसम्म वितरण गरिने भक्तपुर नगरपालिकाले जनाएको छ ।
पहिलो दिन वडा नं. १ कार्यालयले कार्यालय भवनमा ज्येष्ठ नागरिक २०२ जना, एकल महिला ५६ र ६० वर्ष मुनिका विधुवा महिला ७४ जना, अति असक्त १३ जना र पूर्ण असक्त ६ जना गरी ३५१ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
त्यस्तै वडा नं. २ कार्यालयले जेसिज् स्कूलमा ज्येष्ठ नागरिक ३३८ जना, एकल/विधवा महिला १६० जना, अति अशक्त १५ जना र पूर्ण असक्त ७ जना गरी कूल ५२० जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ३ ले वडा कार्यालय प्राङ्गणमा ज्येष्ठ नागरिक १९० जना, एकल/विधवा महिला १०० जना, अति अशक्त ११ जना र पूर्ण असक्त ४ जना गरी कूल ३०५ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ४ मा बोलाछें स्थित पोटरी स्क्वायरमा ज्येष्ठ नागरिक ४१४ जना, एकल/विधवा महिला १९७ जना, अति अशक्त १४ जना र पूर्ण असक्त ११ जना गरी कूल ७४० जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ५ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक २३१ जना, एकल/विधवा महिला ११४ जना, अति अशक्त ११ जना र पूर्ण असक्त ५ जना गरी कूल ३६१ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ६ ले वडा कार्यालय प्राङ्गणमा ज्येष्ठ नागरिक २३६ जना, एकल/विधवा महिला १०६ जना, अति अशक्त ११ जना र पूर्ण असक्त ५ जना गरी कूल ३५८ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ७ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक १६२ जना, एकल/विधवा महिला १३४ जना, अति अशक्त ९ जना र पूर्ण असक्त १२ जना गरी कूल ३१७ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहयता वितरण गरेको छ ।
वडा नं. ८ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक १५६ जना, एकल/विधवा महिला ७४ जना, अति अशक्त ४ जना र पूर्ण असक्त ३ जना गरी कूल २३७ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।
वडा नं. ९ ले भने वडा कार्यालय भवनमा लक्षित समूह मध्ये ज्येष्ठ नागरिकहरु ३५७ जनालाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
यसरी नै वडा नं. १० ले वडा भवन पछाडिको कभर्ड हलमा ज्येष्ठ नागरिकहरु १९७ जना, एकल/विधवा महिला ८१ जना, अति अशक्त ६ जना र पूर्ण असक्त ३ जना गरी कूल २८८ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ । नपा स्राेत अनुसार कूल ७०९२ लाभग्राहीहरु मध्ये साेमवार ३४८८ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम प्राप्त गरेका छन्। उक्त सामाजिक सुरक्षा भत्ता कार्तिक २१ गतेसम्म वितरण हुने नगरपालिका स्राेतले जनाएकाे छ ।