सामाजिक दूरी कायम गर्दै बकर ईद मनाउन राष्ट्रिय मदरसा संघ नेपालको आग्रह

समाचार

न्यूज अपडेट

काठमाडाैं, १७ साउन

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते  शनिबारका दिन मनाइने भएको छ । राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां  लगायतले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो पर्व हजरते इब्राहिम अलैहिस्सलामको सम्झना मा मनाइने गरिन्छ। हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धित मापदण्ड अनुसार सोसल दूरीको पालना गरि पर्व मनाउन प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले आग्रह गरेका छन्।

हरेक वर्ष मुस्लिम धर्म मान्ने करिव बीस लाख मानिस विश्वका विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको तर यो वर्ष  कोरोना भाइरसको महामारीले गर्दा दश हजार जनाले मात्र हज गर्ने जसमध्ये ३०%  प्रतिशत साउदी नागरिक र सत्तरी प्रतिशत विश्व भरबाट उपस्थित हुने देखिन्छ ।कोरोना भाइरस महामारीका कारण विश्व स्वास्थ्य  संगठनले दिएको स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दै हज गर्नु पर्ने व्यवस्था साउदी सरकारले गरेको कुरा स्वास्थ्यका दृष्टिकोणले प्रशंसनीय रहेको राष्ट्रिय मदरसा संघ नेपालका  अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *