काठमाडौं र ललितपुरमा १३ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ असार

काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए।

थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।

यसैगरी, भक्तपुरमा पनि थप १ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौं र ललितपुरसहित मंगलबार देशभर ३१६ जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *