शेयर बजार खुलाउन सहमत भए लगानीकर्ता सँघ

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १३ असार

Image Not Found

तीन महीनाभन्दा बढी समय बन्द भएको शेयर बजार खुला गर्न पाँच ओटै लगानीकर्ता संघ सहमत भएका छन् ।

यसअघि बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रवार भने बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल धितोपत्र बोर्ड र पाँच ओटै लगानीकर्ता संघका प्रतिनिधिहरु बीच छलफल भएको थियो । छलफलका क्रममा आगामी दिनमा कुनै पनि बाहनामा बजार बन्द नगर्ने प्रतिवद्धता बोर्ड र लगानीकर्ता दुवैले व्यक्त गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को अनलाईन कारोबार प्रणालीमा केही सुधार भएको अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड कनेक्ट आईपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने, सीडीएससीले तोकेका क्लियरिङ बैंकहरुको इन्टरनेट बैंकिङ सेवा तथा सीडीएससीको मेरोशेयर सुविधा प्राप्त गरेपश्चात विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्न र प्राप्त गर्न समस्या नरहेकाले बजार सुचारु गराउन सकिने बोर्ड र लगानीकर्ता संघले निष्कर्ष निकालेका छन् ।

सकेसम्म चाँडो बजार सुचारु गराउन अनुरोध गर्दै विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरुले आफ्ना सदस्यहरुलाई कोरोना महामारीको समयमा घरबाटै कारोबार गर्न प्रोत्साहित गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

बोर्डले गठन गरेको अध्ययन कमिटिमा भने बुधवारनै छलफल भइसकेको स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिएका छन् ।

उनले भने, ‘बुधवार नै कमिटिका सबै सदस्यहरु बसेर प्रतिवेदन तयार गरिसकेका छौं, हामीले बजार सुचारु गराई आवश्यक विषयहरु सुधार गर्दै जानुपर्ने निष्कर्ष निकालेका छौं, अब बोर्डको निर्णय के हुन्छ प्रतिक्षामा छौं ।’

बोर्डले कमिटिको प्रतिवेदनका आधारमा बजार सञ्चालन गर्ने बताए अनुसार सबै पक्ष बजार सुचारु गराउने तर्फनै अग्रसर रहेकाले अब बजार खुल्नेमा अन्य कुनै कारण नभए बाधा देखिदैन ।

धितोपत्र बोर्डले भने सञ्चालक समितिको बैठकबाट बजार सुचारु गराउने विषयमा निर्णय हुने र हालसम्म चाहीं नभएको बताएको छ । बोर्डले सम्भवत : शनिवारसम्म यस विषयमा निष्कर्ष निस्कने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *