२२४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ जेठ

देशभर हाल २ हजार बढी जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय ४८ आइसीयू र ४९२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ९ सय ९९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १९१ आइसीयू र ५६ भेन्टिलेटरमा, प्रदेश २ मा २२५ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९४० आइसीयू र ३१४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३३ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६९८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ८ सय ८२ जना आइसोलेसनमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू, ९ भेन्टिलेटर र १६७ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, २ भेन्टिलेटर र १९३ जना आइसोलेसनमा, वीर अस्पतालमा ३५ आइसीयू, ६ भेन्टिलेटर र १४९ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू, २० भेन्टिलेटरमा र १२८ आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू, १७ भेन्टिलेटरमा र ९८ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू, ३१ भेन्टिलेटर र ३२४ आइसोलेसनमा, पाटन अस्पतालमा २८ आइसीयू, १५ भेन्टिलेटर र १५७ जना आइसोलेसनमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयू, १ भेन्टिलेटरमा र ६८ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ५१ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १११ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू, ७ भेन्टिलेटर र ३३ आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू, १३ जना भेन्टिलेटरमा र ४५ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू, ३९ भेन्टिलेटर र २८ जना आइसोलेसनमा, स्टार अस्पतालमा १४ आइसीयू, ८ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा ८ आइसीयू, ३ भेन्टिलेटर र ३५ आइसोलेसनमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा २० आइसीयू, र ७३ आइसोलेसनमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४५ आइसीयू, १७ भेन्टिलेटर र १०७ आइसोलेसनमा, किस्ट अस्पतालमा १४ आइसीयू, ११ भेन्टिलेटर र २५ जना आइसोलेसनमा, धुलिखेल अस्पतालमा ४५ आइसीयू, ५ भेन्टिलेटर र ४६ आइसोलेसनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *