काठमाडौं महानगरपालिकाको जग्गा ४ लाखदेखि ५० लाखसम्ममा कारोबार गर्न पाइने

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ असार

काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको मूल्य निर्धारण गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगरले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको प्रतिआनाका दरले सरकारी मूल्य तोकेको हो । महानगरले सडक र गल्लीहरुलाई आधार बनाएर जग्गाको मूल्य तोकको छ । महानगरका अनुसार जग्गाको भाउ प्रतिआना सस्तोमा ४ लाख रुपैयाँदेखि महँगोमा ५० लाख रुपैयाँआनासम्म तोकिएको छ ।

सोहीआधारमा भूमिकर उठाउने गरिन्छ । यद्दपि, व्यवहारमा भने महानगरले तोकेको भन्दा दोब्बर भन्दा बढी मूल्यमा जग्गा कारोबार हुने गरेको छ । सबैभन्दा सस्तो नजिकै बाटो नभएका स्थानहरु रहेका छन् । सबैभन्दा महँगो भने हनुमानढोका पूर्व नयाँ सडक, पुरानो महानगरपालिका भवनको दक्षिणचोक, जुद्धशमशेर सालिक, इन्द्रचोक, न्यूरोड, आरबी कम्लेक्स चोक, पुरानो महानगरपालिका भवन चोकसम्म पर्छ ।

खिचापोखरी, धरहराको दायाँबायाँ, रत्नपार्क, पुरानो बसपार्क, शहिदगेट, सुन्धाराचोक, सिंहदरबार, भद्रकाली मूलबाटोसँग जोडिएका जग्गा आनाको ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै, माइतीघर, सिहदरबार पश्चिमगेट, पूतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादीमोड सम्मका मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुको मूल्य पनि प्रतिआना ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *