अक्सफोर्डले परीक्षण गरेको कोरोनाको भ्याक्सिन पुन्नेमा परीक्षण, सफल भएमा २ सय ५० रुपैयाँमा पाइने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज  अपडेट

एजेन्सी, २८ साउन

अक्सफोर्ड विश्वविद्यालयको फर्मुला अनुसार तयार भएको भ्याक्सिन परीक्षणका लागि भारतमा स्वीकृति प्रदान भएको छ।

पुनेको सेरम इन्स्टिच्युटले भ्याक्सिन परीक्षणका लागि भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि मानक नियन्त्रण संस्थाले स्वीकृति दिएको हो। सेरम इन्स्टिच्युट भ्याक्सिन उत्पादनका लागि भारतको सबैभन्दा ठूलो कम्पनी हो।

कम्पनीले बेलायती र स्वीडिस स्वामित्व रहेको एस्ट्राजिनेका कम्पनीसँग सहकार्य गरी भारतमा कोरोना भाइरसको खोप तयार पारेको छ। त्यसको लागत मूल्य भारतीय २ सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। अक्टोबरमा त्यसको विक्री गर्ने गरी भ्याक्सिनको प्रभावकारिताबारे परीक्षण सुरु हुने भएको छ। सुरुमा एक हजार जनामा भ्याक्सिन परीक्षण हुने सेरम इन्स्टिच्युटले बताएको छ।

ुखोपको परीक्षणको विषयमा बैठक बसेर स्वीकृति प्रदान गरिएको छ। अक्सफोर्ड विश्वविध्यालयको फर्मुला अनुसार तयार भएको खोपको मानवमा दोस्रो र तेस्रो चरणका लागि परीक्षणका लागि हामीले स्वीकृति दिएका छौँ,ु औषधि मानक नियन्त्रण संस्थाका एक अधिकारीले भने।

खोपको परीक्षण १८ वर्षभन्दा माथिकालाई हुनुपर्ने मापदण्ड बनाइएको छ। खोप परीक्षणक लागि १७ वटा स्थान निर्धारण गरिएको छ। एम्स कलेज दिल्ली। बिजे मेडिकल कलेज पुने, राजेन्द्र मेमोरियल मेडिकल कलेज पटना र मेडिकल एडुकेशन संस्था चण्डीगढ एम्स कलेज जोधपुर, नेहरु अस्पताल गोरखपुर, आन्ध्रा मेडिकल कलेज भिसाखापटनमा परीक्षण अन्तरगतको खोप लगाउन पाइने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *