प्रमुख सुनिल प्रजापतिद्वारा नगरको ढुंगा छपाई कार्यको स्थलगत निरीक्षण

विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ११ असार


नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदार मार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा छपाई कार्यमा कम गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार ती क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेकाे छ ।

ढुंगा छपाई गर्ने क्षेत्रमा कम्तीमा ४ इन्चको ढुंगा प्रयोग गर्नुपर्नेमा सम्बन्धित ठेकेदारले मापदण्डभन्दा कम साइजको ढुंगा प्रयोग गरिएको र कमसल ढुंगा प्रयोग भएको पाइएको हुँदा नगर प्रमुख प्रजापतिले कमसल ढुंगााको प्रयोग नगर्न र मापदण्डअनुसारको ढुंगा प्रयोग गर्न निर्देशन दिएका हुन् । बाराही स्थानमा भइरहेको ढुंगा छपाई कार्य कम गुणस्तरको भएको हुँदा उनले ठेकेदारलाई भक्तपुर नपामा उपस्थित हुन पनि निर्देशन दिएकाे छ।


निरीक्षणका क्रममा उनले भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुर अस्पतालको प्रांगणमा कोभिड–१९ को लागि बनाइएको आइसोलेसन वार्ड र आईसीयू कक्षको पनि अवलोकन गरे। सो अवसरमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले छिट्टै नै आइसीयुू कक्ष सञ्चालनमा ल्याउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *