ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ पुस

सरकारले ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ। अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ।

मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको र त्यसकै आधारमा यस्तो व्यवस्था गरिएको अध्यागमनले जनाएको छ।

होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने सूचनामा जनाइएको छ। परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने विभागका निर्देशक मुकेशकुमार केसीले जारी गरेको सूचनामा भनिएको छ।

अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स छन्।

प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ। नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *