Sunday, May 05, 2024

भक्तपुरको पाँचतले मन्दिरमा बिशेष पूजाअर्चनासहित झन्डोतोलन

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ९ असार

 

बिश्व प्रसिद मन्दिर पाँचतलेको साेमबार बर्ष बिशेष पूजाअर्चना गरिएको छ । भक्तपुरको टौमढी स्थित बिश्व प्रसिद्ध ङातापोल्ँह (पाँचतले) मन्दिर को ३१८ बर्ष पुरा भई ३१९ बर्षबन्ध (बुसादाँ) मनाएको छ । प्रत्येक बर्ष असार शुक्लपक्ष प्रतिपदामा ङातापोल्हँ मन्दिरको बिशेष पुजा गरी मन्दिरको गजुरमा झण्डातोलन गर्ने परम्परा रहेको छ । हरेक बर्ष आजकै दिनमा पूजाअर्चना गरि बलीका रुपमा बोका बली चढाउने परम्परा रहेता पनि यो बर्ष लकडाउनका कारण पुजाअर्चनामै सीमित गरी झण्डातोलन गरिएको छ ।

मन्दिरमा पूजा गर्न राजउपाध्याय, कार्मचार्य, जोशी, र ताल्चाभडेल पुजारीहरुले पुजा गर्ने परम्परा रहेको पुजारी पदम कार्मचार्यले जानकारी दिए । साेमबारकै दिन तुछिमला टोलका अवालहरुले मन्दिरको गजुरमा झण्डा फहराउने समेत गर्दछन् । यसरी पाँचतले मन्दिरमा झण्डा राख्ने कार्य केवल तुछिमलाको अवालबाहेक अरुले गर्न नपाउने परम्परा रहेको छ । झन्डातोलन गर्नेलाई मात्र मन्दिर प्रवेश दिईने परम्परा रहेको छ ।

प्रत्येक बर्ष झै यो बर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिर शिर भागमा गएर गजुरमा झण्डा फहराएका छन् । झण्डा फहराउने क्रममा चार जना गजुरको चार कुनामा बसेर फहराएका थिए । करिव २५,३० फिट अग्लो हाँगा सहितको बाँस लम्वाई ६६ ईन्चका र चौडाई ४४ ईन्चको कपडाको झण्डा फहराइएको थियो । नेपाल सम्वत ८२२ मा भुपतिन्द्र मल्ल राजाले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो बर्षबन्ध (बुसादाँ) पूजा शुरु गरेको थियो । अहिले सम्म निरन्तर गर्दै आएको सास्कृतिबिद अ‍ोम धौभडेलले बताए ।  नेपाल सम्वत ११४० सालदेखि ङातापोल्ँह (पाँच तल्ले) मन्दिर ३१८ बर्ष पूरा भई ३१९ बर्षमा प्रवेश गरेको तलेजुका मुल पुजारी नरेन्द्र जोशिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *