यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, ९ असार

यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा ० % फाइनान्स स्किम शुरु गरेको छ । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।
यो स्किम अन्तर्गत ग्राहकले तीन वर्षअवघिका लागि ० % डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नुहुनेछ । साथै, ग्राहकले ० % ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नुहुनेछ । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ ।
‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने ।
साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण www.yamaha.com.np  र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *