आँप विक्रिमा बिषादी प्रयोग

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

रौतहट, ६ जेष्ठ


मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउन थालिएको छ ।यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खान समेत नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।अहिले चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा विक्रिका लागि बिषादी प्रयोग गरिएका आंँप राखिएका छन् । आंपमा बिषादी हालेर पकाइने गरेकोले विशेष सावधानी अपनाउन पनि स्वास्थ्यमर्कीहरुले बताएका छन् । चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा. सुवास चौधरीले हनिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउन बताए ।विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । चन्द्रनिगाहपुर,गरुडा तथा गौर क्षेत्रमा अत्याधिक कार्बाइड प्रयोग गरिएको आंप निर्वाध रुपमा विक्रि वितरण गरिएको भएपनि त्यसको रोकथाम तर्फ हाल सम्म स्थानिय प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरले बताए । उनंले मानवस्वास्थ्यको खेलवाड हुने गरी बिषादी प्रयोग गरिएको आंपको विक्री वितरण तुरुन्त रोक्न पनि सम्वन्धित निकायसंग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *