सुनको मूल्यमा इतिहासकै नयाँ रेकर्ड, ९१ हजार पुग्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ८ असार

सूनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाली बजारमा छापावाला सूनको मूल्य सोमबार प्रतितोला ४०० रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ४०५ रुपैयाँले बढेर ९० हजार ५६५ रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सूनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *