थप ३७० जना कोरोना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २१४२

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

पछिल्लो २४ घण्टामा देशभर ३७० जना व्यक्ति कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

कोरोना विशेष अस्पताल दाङबाट एक महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुष गरी  ६ जना , कालिकोट अस्पतालबाट  २ महिला र २६ पुरुष गरी २८ जना, दैलेख अस्पतालबाट १९ महिला र २४६ पुरुष गरी २६५ जना, सल्यान अस्पतालबाट एक महिला र ३६ पुरुष गरी ३७ जना, नारायणी अस्पताल वीरगञ्जबाट २ महिला र ९ पुरुष गरी ११ जना , धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष गरी १७ जना डिस्चार्ज भएका छन्।

सोमबार ३२ महिला र २३८ पुरुष गरी ३७० जना व्यक्तिहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।

योसँगै देशभरबाट हालसम्म दुई हजार १४२ व्यक्ति डिस्चार्ज भएका छन्। १६१ महिला र एक हजार ९६१ पुरुष छन्।

आज देशभर ५३५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै देशभर कुल संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। जसमध्ये २३ संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *