कोरोना उपचारपछि थप १ सय १७ जना डिस्चार्ज, निको हुनेको संख्या ११५८

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असार

गत २४ घण्टामा १ सय १७ जना उपचारपछि कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

८ महिला र १ सय ९ जना पुरुष गरी १ सय १७ जना कोरोना मुक्त भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै मुलुकभर डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ महिला र ६ पुरुष गरी सात जना, आइसोलेसन सेन्टर सर्ताली बाँकेबाट १० जना पुरुष डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना पुरुष, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना पुरुष डिस्चार्ज भएका छन्। यस्तै, डिस्चार्ज हुनेमा भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ पुरुष गरी २६ जना, कोभिड क्लिनीक अस्पताल दैलेखबाट २५ जना पुरुष, आइसोलेसन सेन्टर इन्टीग्रेटेट बिल्डिङ कालिकोटबाट २४ जना पुरुष छन्।

दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष गरी ७ जना, चारताङ आइसोलेसन सेन्टर दैलेखबाट १ जना पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ जना पुरुष गरी १ सय १७ जनाको मंगलबार डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *