नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४४८ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्।

नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्। १६ जना पछिल्लो चौबिस घण्टामा डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *