थप १६ जना कोरोना संक्रमणमुक्त, ८७७ जना निको भए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ३० जेठ

शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसहित नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

यसको संक्रमणका कारण हालसम्म नेपालमा १६ जनाको भने मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *