अर्बपति बिनोद चौधरीले किने ३ अर्ब बढीमा साउदी राजकुमारको होटल

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, २४ जेठ

नेपालका एकमात्र डलर अर्वपतिको परिचय बनाएका उद्योगी तथा व्यवसायी बिनोद चौधरीले साउदी अरेबियाका राजकुमारको होटल खरिद गरेका छन् ।

साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलालको केन्यामा रहेको होटल फेयरमाउन्ट द नोरफोल्क र फेयरमाउन्ट मारा सफारी क्लव २ दशमलव ८ अर्ब सिलिङ (केन्याको मुद्रा) अर्थात करीब ३ अर्ब २० करोड रुपैयाँमा चौधरीको स्वामित्वमा रहेको चौधरी ग्रुपले किनेको बिजनेस डेली अफ्रिकाले उल्लेख गरेको छ ।

चौधरी ग्रुप र साउदीका राजकुमारबीच २ होटल खरिदविक्री सम्झौता कोरोना भाईरसको प्रकोप फैलनु अघि नै सम्झौता भएको छ । समस्यामा परेका उक्त होटलबाट कोरोनाको महामारीपछि सबै कामदारहरु घर पठाईएको छ । अघिल्लो वर्ष भ्रष्टाचारको अरोपसँगै आर्थिक समस्यामा रहेका राजकुमार तलालले आफ्नो आर्थिक स्थितिमा सुधारका लागि नयाँ लगानीको क्षेत्र खोज्न किङ्डम होल्डिङ्समा भएको आफ्नो सेयर चौधरी ग्रुपलाई बेचेका हुन् ।

चौधरी ग्रुपले अबको १ बर्षसम्म उक्त होटलको रेनोभेसन गर्ने बताएको छ । रेनोभेसनपश्चात उक्त होटल संचालनमा ल्याईने भएको हो । सम्झौतामा होटलसँगै चौधरीले १ सय ७० गेष्ट रुम, ५१ ओटा लक्जरी टेन्ट र १० ओटा फुड तथा वेभरेजको आउटलेट पनि पाउने उल्लेख छ ।

विश्वका विभिन्न देशमा होटल व्यवसायमा उल्लेखनीय लागनी गरिरहेको चौधरी ग्रुपले होटल किनेकोबारे कुनै जानकारी दिएको छैन । दुवै होटल पछिल्लो हप्ता व्वस्थापनले कोरोनाभाइरस महामारीको कारण जनाउँदै सबै कर्मचारीको निकालेपछि चर्चामा आएका थिए । तर, बिहीबार होटलले एक सूचना जारी गर्दै कर्मचारी निकाल्ने सूचना फिर्ता लिएका थिए । केन्यास्थित अटर्नी जनरलको कार्यालयले कर्मचारी हटाउनुको वैधतामाथि प्रश्न उठाएपछि निर्णय फिर्ता लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *