मास्क सम्बन्धी डब्लुएचओको नयाँ गाइडलाइन जारी, भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क लगाउन सुझाव

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ जेठ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआइसकेकाले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ ।

डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । डब्लुएचओले फेस मास्क कोरोना नियन्त्रणका लागि अपनाइने विधिमध्ये एक दायरा भएकाले सबैले अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाउन भनेको छ । कोरोनाको संक्रमणलाई मास्कले बचाउन नसक्ने भएपनि प्राथमिक सुरक्षाका लागि यसको प्रयोग अनिवार्य भएको डब्लुएचओको दावी छ ।

मानिसहरुमा लक्षण देखिनुअघि नै कोरोनको संक्रमण हुन सक्ने भन्दै डब्लुएचओले मास्क लगाएर कोरोनाका जिवाणु फैलावटलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने जनाएको छ । दूरी कायम गर्न नसकिने स्थानमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने डब्लुएचओको तर्क छ । डब्लुएचओले जारी गरेको मास्कसम्बन्धी नयाँ निर्देशिका यही जुन १५ देखि लागू हुने बताइएको छ । कतिपय देशकले कोरोना नियन्त्रणमा आउन थालेको भन्दै यसअघि लगाइएका प्रतिबन्द र लकडाउन खुकुलो पारेसँगै डब्लुएचओले फेस मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने निर्देशिका जारी गरेको हो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *