गाउँपालिकाले दियो विपन्न र गरीव परिवारलाई परिचय पत्र

विशेष समाचार समाचार

कार्तिक २६ वीरेन्द्रनगर


सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्न र गरीव परिवारलाई परिचय पत्र दिएको छ । स्थानीय नागरिकको घरदैलोमा पुगी तथ्यांक संकलन गरेको गाउँपालिकाले परिचय पत्र प्रदान गरेको हो ।
नौवटै वडाबाट संकलन गरेको विन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र बाँडिएको गाउपािलकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । अध्यक्ष केसीले गाउँपालिकाको गरीवलाई क, ख, ग र घ गरी चारवटा वर्ग विभाजन गरी प्रमाणपत्र वितरण गरिएको बताए । गाउँपालिकाको गरीवीका आधारमा बजेट विनियोजन गरिने छ ।‘वडास्तरको गरीविका आधारमा हामीले बजेट तथा योजना निर्माण गर्छौ’ उनले भने, ‘हचुवाका भरमा योजना र बजेट विनियोजन गर्नुले विकास भएन । तसर्थ गाउँपालिकाले गरीवी घटाउने लक्ष्यअनुसार विपन्न परिवारको पहिचान गरेको छ ।’
गाउँपालिकाको गरीवीलाई आधार बनाएर १० वर्षे गुरुयोजना निर्माण गरिएको छ । सोही गुरुयोजना सफल पार्न गाउँपालिकाले र साझेदार संस्थाले वार्षिक बजेट तथा कार्यक्रमहरू लागू गर्ने भएको हो । गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषणसहित तथ्यांक सार्वजनिक गरिएको छ । गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा बाहुन क्षेत्री गरिव छन्।् ।
अध्यक्ष केसीले गाउँपालिकाले गरीबीको तथ्यांक संकलन गर्न विभिन्न ५६ ओटा प्रश्नहरु सोधिएको बताए । ‘हरेक घरमा गएर हामीले विभिन्न ५६ ओटा सूचकहरु प्रयोग गरेर तथ्यांक संकलन गरेका हौं ।’ उनले भने, ‘त्यसै आधारमा अति विपन्नलाई ‘क’, विपन्नलाई ‘ख’ मध्यमलाई ‘ग’ र सम्पन्नलाई ‘घ’ प्रमाणपत्र वितरण गरेका छौं ।’ उनका अनुसार सिम्तामा अति गरीब घरधुरी संख्या ३५३, गरीब घरधुरी संख्या ४९८, मध्यम घरधुरी संख्या ८३९ र सम्पन्न घरधुरी संख्या ३९०५ रहेको छ ।
गाउँपालिकामा २७ प्रतिशत जनजाति, २९ प्रतिशत दलित र ३१ प्रतिशत बाहुन क्षेत्री गरीव र विपन्न रहेको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ । सिम्ताको गरीवी हट्ने र समृद्धिका लागि प्रदेश सरकारले विशेष क्षेत्रका रुपमा आगामी आर्थिक वर्षमा बजेट छुट्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताए । उनले गरीव र विपन्नमुखी कार्यक्रम ल्याउनुपर्ने बताए । सरकारले चालू आर्थिक वर्षको बजेटमा गरीव लक्षित नै भएको उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *