लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २२ जेठ

लकडाउनको मोडालिटी आइतबारमात्रै तय हुने

फाइल तस्बिर ।

सरकारले लकडाउनको मोडालिटी आइतबारमात्रै तय गर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवालासँग छलफल जारी राखेकाले मोडालिटी तय गर्न ढिलाइ भएको एक मन्त्रीले जानकारी दिए ।

“लकडाउनको मोडालिटी आइतबारमात्रै तय भयो । विज्ञ र सरोकारवालासँग छलफल गरेर सुझाव एकीकृत गरेपछि मात्रै त्यसबारे टुङ्गो लाग्छ,” एक मन्त्रीले भने ।

उच्चस्तरीय समन्वय समितिले बिहीबार पनि शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारावालासँग परामर्श गरेको थियो । बैठकमा प्याब्सन, एनप्याब्सन, हिसानलगायतका प्रतिनिधि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *